फ्रान्ससँग दौत्य सम्बन्धको ७० वर्ष पुग्यो, दूतावासद्वारा भव्य कार्यक्रमको आयोजना गरिने

काठमाडौं । नेपाल र फ्रान्सबीच द्विपक्षीय सम्बन्ध स्थापना भएको ७० औं वर्षगाँठका अवसरमा दूतावासले कार्यक्रमको आयोजना गरेको छ ।

दूतावासका तर्फबाट प्रदान गरिएको जानकारी अनुसार, कार्यक्रममा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीको विशेष उपस्थिति रहने छ । यसैगरी फ्रान्सका लागि सदभावना दूत रहेकी मिस नेपाल श्रृंखला खतिवडा समेत कार्यक्रममा सहभागी हुने दूतावासले जनाएको छ ।

राजधानीमा भोली शनिवार आयोजित कार्यक्रममा सेलिस्ट फ्रयान्क बर्नेडे, बिदुर राजकर्णिकार र सन्तोष भक्त श्रेष्ठको सांगितिक प्रस्तुती रहने छ ।

फ्रान्सले नेपालको मानवीय विकासमा लामो समयदेखि सहयोग गर्दै आएको छ । दुबै देशबीच २० अप्रिल २०४९ मा सम्बन्ध स्थापना भएको थियो ।

Photo: alliancefrancaise

कमेन्ट गर्नुहोस्

%d bloggers like this: