प्रधानमन्त्रीले उदघाटन गर्ने कावासोतीको कार्यक्रममा नजान विप्लव समूहको उर्दी

 

काठमाडौं, पूर्व घोषित कार्यक्रम अनुरुप विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीले प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने कार्यक्रममा नजान उर्दी जारी गरेको छ ।

शनिवार दिउँसो उदघाटन हुने कार्यक्रममा विप्लव समूहले अवरोध पुर्याउने देखेपछि सुरक्षाव्यवस्था कडा पारिएको छ ।

सार्वजनिक अपील जारी गर्दै विप्लव समूहले कार्यक्रम बहिष्कार गर्न आव्हान गरेपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले भने कार्यक्रमलाई सफल पार्न विशेष तयारी गरेको जनाएको छ ।

याे पनि पढ्नुस  प्रहरीले सार्वजनिक गर्यो विप्लवका कार्यकर्ता

चन्द समूहको उर्दीको प्रभाव नदेखाउन नेकपाले कार्यक्रममै बाक्लो सहभागिता देखाएर आमसभा समेत गर्न आफ्ना कार्यकर्ता परिचालन गरेको छ।

नवलपरासीका प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले सबै क्षेत्रमा व्यापक सुरक्षाकर्मी परिचालन गरेर ुफुल सेक्युरिटिुको व्यवस्था मिलाइएको जानकारी दिए।कार्यक्रम स्थलदेखि पश्चिमपट्टी रहेको जंगलमा समेत सेना र सशस्त्र प्रहरी खटाइएको छ। शिलान्यास स्थल वरपर ४ सयको हाराहारीमा सुरक्षाकर्मी परिचालन भएको श्रोतको भनाई छ।

याे पनि पढ्नुस  विप्लवका पाँच सय नेता कार्यकर्ता छुटे

प्रधानमन्त्रीले पूर्वी नवलपरासी सदरमुकाम कावासोती नगरपालिका ३ स्थित राममन्दिर चौरमा रहेको १७९ बिगाह २ कठ्ठा क्षेत्रफलमा बनाइने सरकारी कार्यालयहरुको भवन शिलान्यास गर्न आउन लागेका हुन्।पहिलो चरणमा संघ र प्रदेशका गरेर ३४ वटा सरकारी कार्यालय एउटै थलोमा लस्करै बन्ने भएको हो। एकै ठाउँमा कार्यालय बन्ने भए पछि स्थानीय उत्साहित भएका छन्।

कावासोतीमा सरकारी कार्यालय राख्ने ठाउँको नक्सांकन।

याे पनि पढ्नुस  विप्लवका १२ जना कार्यकर्ता पक्राउ

प्रधानमन्त्री शाश्वतधाम जाने
सरकारी कार्यालयको शिलान्यास पछि प्रधानमन्त्री दुम्कौलीस्थित चौधरी हातामा रहेको शास्वतधाम मन्दिर दर्शन अवलोकनका गर्न जाने कार्यक्रम रहेको छ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार चेतन अधिकारीले प्रधानमन्त्री शास्वतधामस्थित एकामवरेश्वर मन्दिर, त्यहाँ रहेको बुद्धिष्ट सेन्टर र हिस्ट्री म्यूजियम अवलोकन गर्ने कार्यक्रम रहेको जानकारी दिए।सुरक्षा निकायले प्रधानमन्त्री आउने भएपछि शाश्वतधाममा सर्वसाधारणकालागि प्रवेश गर्न रोक लगाइने भएको छ।

कमेन्ट गर्नुहोस्