यू–१६ क्रिकेटमा पनि नेपाल अगाडि, म्यानमार ७ विकेटले पराजित

काठमाडौं । एसीसी अन्डर–सिक्सटिन पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामा नेपालले विजय सुरुवात गरेको छ ।

थाइल्याण्डमा चियाङमाईमा आज भएको प्रतियोगिताको पहिलो खेलमा नेपालले म्यानमारलाई ७ विकेटले पराजित गरेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको म्यानमारले दिएको ५९ रनको सामान्य लक्ष्य नेपालले ८ ओभर १ बलमा मात्र ३ विकेट गुमाएर पुरा गर्‍यो । नेपालको जितमा अर्जुन कुमालले अविजित २६ रन बनाए ।

यस्तै सुवास ऐरले ११ रन बनाए । म्यानमारका काउङ क्याले २ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको म्यानमार १३ ओभर २ बलमा अलआउट हुँदै ५८ रनमा समेटिएको थियो ।

म्यानमारका लागि काउङ क्याले सर्वाधिक १९ तथा क्रिस्टोफरले ११ रन बनाए । म्यानमारका अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्ने सकेनन् ।

म्यानमारलाई सस्तैमा समेट्न कप्तान विशालविक्रम केसीले ४ विकेट लिए  । जितसँगै समूह ’ए’ को नेपालले २ अंक जोडेको छ ।

साविकको विजेता समेत रहेको नेपालले दोस्रो खेलमा बुधबार मलेसियासँग खेल्नेछ ।

अघिल्लो संकरणमा नेपालले सिंगापुरलाई ७१ रनले पराजित गर्दै उपाधि जितेको थियो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: