दिल्लीबाट काठमाडौं आउँदै गरेको बसमा भेटियो विष्फोटक पदार्थ

 

काठमाडौं, नयाँ दिल्लीबाट काठमाडौं आउँदै गरेको बसमा विष्फोटक सामग्री भेटिएको छ ।

शुक्रबार राति शसस्त्र प्रहरीको टोलीले कञ्चनपुर जिल्लाको सीमा नाकामा खानतलासी गर्दा ना ५ ख ७२४५ नम्बरको बसबाट बम बनाउन प्रयोग हुने सामान बरामद गरिएको शसस्त्र प्रहरी बेस क्याम्पका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक नेत्र केसीले जानकारी दिएको उल्लेख छ।

बसबाट बम र अन्य हतियार बनाउन प्रयोग हुने डिटोनेटरसहितका विस्फोटक सामाग्री बरामद गरिएको उनले बताए। बरामद भएको सामान सशस्त्र प्रहरीले आफ्नो नियन्त्रणमा लिएर राखेको थियो। तर, शनिबार बिहान मात्रै उक्त समाग्री बिस्फोटक पदार्थ बनाउन प्रयोग हुने रहेको पत्ता लाग्यो। सामानका पोका खोलेर हेर्दा डिटोनेटर लगायतका बिष्फोटक पदार्थ फेला परे ।

 

Feature Image: Symbolic only

कमेन्ट गर्नुहोस्