कलंकः पैसा र स्टारडमको घमण्डमा कमजोर चलचित्र

महंगा सेट र ठूला कलाकारले मात्रै राम्रो फिल्म बन्दैनन्

मानिसको जीवनमा कतिपय क्षणहरु असहायपन बोकेर आउँछन्, त्यो बेला मानिस चिच्याउन चाहन्छ । डाँको छोडेर रुन चाहन्छन् ।

यसै साता रिलिज भएको चलचित्र कलंकमा फिल्मका दुईजना पात्रले यही कुरा भन्छन् । तर हलमा यसरी रुने छूट हुन्न ।

करण जौहरका बुवा यश जौहरले बनाउन खोजेका थिए चलचित्र कलंक । उनले यो भ्याएनन । र, निर्माण गरे करणले ।

कथा नयाँ पक्कै होइन । चलचित्रले हामीलाई एकीकृत भारत अर्थात् सन १९४६ को समयमा पुर्याउँछ । हाल पाकिस्तानमा रहेको लाहौर सहर । सत्या अर्थात् सोनाक्षी सिन्हाको असहाय अवस्था । चिकित्सकहरुले उनलाई जीवनको एक वर्ष मात्र बाँकी रहेको बताउँछन् । त्यो बेलाको कुरा, सत्याले आफ्ना श्रीमान आदित्य राय कपुरको बिहे रुप अर्थात् आलिया भट्टसँग गरिदिन्छन् ।
रुप आफै गरीब परिवारमा जन्मेकी । सत्या र देवको परिवारले उनीहरुको परिवारमा धेरै गुण लगाएका थिए । बाँकी दुई जना बहिनीको जिम्मेवारी पनि आफैसँग । त्यही भएर उनले विवाहित रुपसँग बिहे गर्छिन । अर्को शब्दमा भन्दा परिस्थितिजन्य सम्झौता ।

देव र उनका बुवा बलराज चौधरी पेशाले पत्रकार हुन्छन् । उनीहरुको एउटा पत्रिका हुन्छ । बलराजको भूमिका सञ्जय दत्त देखिन्छन् । स्थानीय रुढिवादी मानिसहरु भने पत्रिकासँग रिसाएका हुन्छन् ।
बलराजलाई नैतिकरुपमा कमजोर देखाइएको छ । उनको सम्बन्ध एकजना महिला बहार बेगम (माधुरी दीक्षित)सँग थियो । यसबाट जफर (बरुण धवन ) जन्मेका हुन्छन् । जफर अवैध छोरा भएका कारण उनी बलराजसँग रिसाएका हुन्छन् । बदला लिन चाहन्छन् । बहार बेगम अर्थात माधुरी बदनाग बस्ती हीरामण्डी बस्छिन् ।

संयोग कस्तो भने बलराजका छोरा देवसँग बिहेका लागि राजी भएकी रुप भने यही बहार बेगमसँग संगीत सिक्न आउँछिन् । एकातिर संगीत, प्रेम, अर्कोतर्फ विवशता, घृणा र बदला । घनचक्कर बन्छन् नाता सम्बन्धहरु ।

कथाको धरातल निकै कमजोर देखिन्छ । स्क्रिनप्लेमा विश्वसनीयता छैन । सत्याले किन अर्को बिहे गराउन चाहिन्छन् भन्ने ठोस कारण देखिन्न । देवले सत्यालाई निकै चाहने कुरा बताउँछ, तर घटनाक्रमले यो देखिन्न । यदि श्रीमतीलाई त्यत्तिकै माया गर्ने भए किन अर्को बिहेका लागि उसले स्वीकृति दिन्छ भन्ने कतै खुल्दैन ।

रुपाको परिवारमा सत्याले के कस्तो गुण लगाएको भन्ने पनि खुल्दैन । देश सहरको प्रख्यात व्यक्ति देखिन्छ तर उसको अवैध छोरा जफरले उसलाई चिनेको देखिन्न । रुप हिरा मण्डी जस्तो बदनाम बस्तीमा खुलेआम जफरसँग हिँडदा यो कुरा उसको घरमा थाहा हुन्न । जफर र रुपले अचानक मायामा बेरिन्छन्, यो पनि सिच्युएशनल देखिन्न ।
अखबारबाट किन लाहौर आतंकित छ भन्ने पनि कतै खुल्दैन ।

चलचित्र हेर्दा कैयन प्रश्नहरु दिमागमा आउँछन्, तर तिनको उत्तर भेटिन्न । ठूलो सेट र महंगा स्थापित कलाकारको भरमा दर्शकलाई प्रभावित गर्न खोजेपनि चलचित्रले वास्तविक छाप छोडन सकेको छैन ।

चलचित्रलाई भावनात्मक बनाउन खोजेपनि कता कता के के नमिलेजस्तो देखिन्छ । कतिपय दृश्यहरु निकै लामा छन् ।

बरुणको अभिनय राम्रो छ । आलियाले सबै राम्रो गरेकी छिन् । स्क्रिप्ट राम्रो भएको भए उनले अझै राम्रो गर्न सक्थिन ।

सोनाक्षीको रोल खासै महत्वपूर्ण देखिन्न । सञ्जय दत्त त दर्शक पो लाग्छन् ।

चलचित्रमा गीत बढी छन् । सेटमा निकै पैसा खर्च गरिएको छ ।

ब्यानर : धर्मा प्रोडक्शन्स, फॉक्स स्टार स्टूडियोज़, नाडियाडवाला ग्रांडसन एंटरटेनमेंट
निर्माता : करण जौहर, साजिद नाडियाडवाला, हीरू जौहर, अपूर्व मेहता
निर्देशक : अभिषेक वर्मन
कलाकार : वरुण धवन, आलिया भट्ट, संजय दत्त, सोनाक्षी सिन्हा, माधुरी दीक्षित, आदित्य रॉय कपूर, कुणाल खेमू, कृति सेनन

कमेन्ट गर्नुहोस्

%d bloggers like this: