भारतका प्रधान न्यायाधीशमाथि यौन उत्पीडनको आरोप, शनिवारका दिन आकस्मिक बेन्च

नयाँ दिल्ली । भारतीय सर्वोच्च अदालतका प्रधान न्यायाधीश रन्जन गोगोईमाथि यौन उत्पीडनको आरोप लागेको छ ।

रन्जनकै पूर्व जुनियर असिष्टेण्टले यौन उत्पीडिनको आरोप लगाएकी हुन । बिबिसीका अनुसार, केही अनलाईनमा यो समाचार प्रकाशित भएपनि आज शनिबार सर्वोच्च अदालतमा तीनजना न्यायाधिशको बेन्च बसेको छ ।

सुप्रिम कोर्टबारे रिपोर्टिङ गर्ने वरिष्ठ पत्रकार सुचित्र मोहन्तीलाई उदृत गर्दै बिबिसी हिन्दीले जनाए अनुसार, प्रधान न्यायाधिश रन्जन गोगोईकै अध्यक्षतामा न्यायाधिश अरुण मिश्राा र न्यायाधिश सञ्जीव खन्नासहित तीन जनाको बेन्चले यो विषयमा छलफल गरेको छ ।

यौन उत्पीडनको आरोपमाथि प्रधान न्यायाधिश गोगोईले भने यसलाई न्यायपालिकालाई अस्थिर बनाउने षडयन्त्र बताएका छन् । “न्यायपालिकाको स्वतन्त्रता गम्भीर खतरामा छ ।” उनले बताए । गोगोइले यौन उत्पीडनको आरोप लगाउने महिलाका पछाडि केही शक्तिहरु रहेको दावी समेत गरेका छन् ।

आरोप लगाउने महिलाले सुप्रिम कोर्टका सबै २२ जना न्यायाधिशलाई एउटा पत्र पठाएकी छिन् । पत्रमा गोगोईले जागिरको प्रलोभनमा यौन शोषण गर्न खोजेको र प्रस्ताव स्वीकार गर्न नमान्दा पद निकाला गर्नुका साथै परिवारलाई बिभिन्न किसिमले प्रताडित गरिएको उल्लेख गरेकी छिन् ।

प्रधान न्यायाधिशले भने चारवटा वेभसाईट– स्क्रल, लिफलेट, वायर र कारवांले यो समाचार प्रकाशित गरेको र यीनिहरुको आपसी तार जोडिएको टिप्पणी गरेका छन् ।
आजको बेन्चले यो विषयमा कुनै आदेश भने पारित गरेको छैन । उनीहरुले मिडियासँग न्यायपालिकाको स्वतन्त्रताको रक्षाका लागि संयम राख्न भनेका छन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: