कालाेे झण्डा देखाउँदा पनि माैन प्रहरी, प्रधानमन्त्रीले नै भन्नपर्याे पक्राउ गर्न

नेपाल सरकारका प्रधानमन्त्री तथा (नेकपा) अध्यक्ष केपी शर्मा ओलीलाई शनिवार बुटवलमा कालोझण्डा देखाइएको छ ।

बुटवलमा आयोजित जितगढी विजयी उत्सव कार्यक्रमलाई सम्बोधन गर्दै गरेका प्रधानमन्त्री ओलीलाई एक युवाले कार्यक्रम स्थल प्रवेश गरेर कालोझण्डा देखाएका हुन् ।

दर्शकले खचाखच भरिएको मञ्च भन्दा झण्डै ५० मिटर अगाडि एक्कासी प्रवेश गरी अर्घाखाँचीका रुद्र घिमिरे ‘उजिरसिंह जिन्दावाद, हाम्रो देश प्राणभन्दा प्यारो छ’ भन्दै कार्यक्रम स्थल प्रवेश गरे ।तर प्रधानमन्त्रीलाई केही भनेनन् ।

स्टेजको नजिकै कार्यक्रमस्थलमा कालोझण्डा देखाएपनि उनलाइ कसैले केही गरेनन् । शुरूमा त प्रहरीले पनि उनलाई समातेन । प्रधानमन्त्रीले नै सम्बोधन रोकेर कालोझण्डा देखाइराखेको छ, के हरेर बस्या छ सुरक्षा निकाय ? भनेपछि मात्रै प्रहरीले उनलाई समातेर लगेको कार्यक्रम स्थमा रहेका को भनाइछ ।

अहिलेसम्म उनी कुन पार्टी कार्यकता हुन् भन्ने पुष्टि हुन सकेको छैन । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी डिलबहादुर मल्लले कालोझण्डा देखाउने अर्घाखाँचीका रुद्र घिमिरे रहेको पुष्टि गरे । उनलाई प्रहरीले नियन्त्रणमा राखेको छ । बुटवलमा अंग्रेज फौजलाई हराएको सम्झनामा पहिलोपटक विजय उत्सव मनाइएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: