गाेठमा अागलागी हुँदा ३ वर्षीय बालककाे मृत्यु

बागलुङ जिल्लाको पश्चिम निसीखोला-छरछरेमामा आगलागी हुँदा
एकजना बालकको मृत्यु भएको छ। शनिबार बिमल सुनारको गोठमा आगलागी हुँदा उनका ३ वर्षीया छोरा विशाल सुनारको जलेर ज्यान गएको हो। 

गोठमा बालबालिका मात्रै रहेको अवस्थामा अचानक आगलागी भएकाे हाे ।

आगोलाई स्थानीयले नियन्त्रणमा लिएका छन्। घटना पश्चात इलाका प्रहरी कार्यालय झिवाखोलाको प्रहरी टोली घटनास्थल पुगेर आवश्यक अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ। 
  

कमेन्ट गर्नुहोस्

%d bloggers like this: