काठमाडौं, साहित्यकार वसन्तकुमार शर्म्माको ९७ वर्षको उमेरमा निधन भएको छ। काठमाडौंको चाबहिलस्थित निवासमा शर्म्माको शनिबार दिउँसो निधन भएको हो।
शर्म्माको शव साँझ ६ बजेसम्म पशुपति आर्यघाटमा श्रद्धाञ्जलीका लागि राखिने र त्यहीँ अन्तिम संस्कार गरिने उनका छोरा विनयकुमार शर्माले बताए।
नेपालको सबैभन्दा ठूलो शब्दकोष ‘नेपाली शब्दसागर’ सहित दर्जनौँ पुस्तकका लेखक शर्म्माका श्रीमती, चार छोरा र तीन छोरी छन्।
उनको जन्म विसं १९७९ को चैतमा भएको थियो।