सशस्त्रले हरायो गण्डकीलाई

नेपालगन्ज, वैशाख ७ । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत् पुरुष फुटबलमा सशस्त्र प्रहरीको एपीएफ क्लबले दोस्रो जित निकालेको छ ।

शनिबार बाँकेको डी गाउँमा भएको समूह ‘ए’को खेलमा सशस्त्र प्रहरीले गन्डकी प्रदेशलाई २–१ ले पराजित गर्‍यो ।

खेलमा सशस्त्रलाई विजयी गराउन राजेन्द्र रावल र आशिष लामाले एकरएक गोल गरे ।

जितसँगै सशस्त्रले सेमिफाइनल पुग्ने सम्भावना जीवितै राखेको छ । तीन खेलबाट सशस्त्रको ६ अंक भएको छ । स्थानीय टोली प्रदेश नम्बर–५ को दुई खेलबाट ६ अंक छ ।

पुरुष फुटबलअन्तर्गत् समूह ‘बी’का खेलहरु बुटवलमा भइरहेका छन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: