सरकारविरुद्ध कांग्रेसका नेताहरु खनिए

बुटवल, बैशाख ०७ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले ‘कम्युनिष्ट सरकार संस्थागत भ्रष्टाचारमा चुर्लम्म डुबेको दावी गरेका गर्दै सरकारको सम्वृद्धिको नारा ‘बिहानीमा कुइराको काग’ सरह भएको’ टिप्पणी गरेका छन् ।

नेपाली कांग्रेस रुपन्देही क्षेत्र न ४ को बुटवलमा भएको सम्मेलनको उद्घाटन गर्दै नेता पौडेलले उक्त टिप्पणी गरेका हुन् । ‘वर्तमान सरकारले अरुको आलोचना मात्र गर्ने आफ्नो गल्ती चाहिँ नदेख्ने गरेको आरोप पौडेलले लगाए । ‘ठूला योजना कांग्रेसले सुरुवात गरेको’ भन्दै नेता पौडेलले ‘श्रेय लिनका लागि र फोटो खिच्नका लागि अहिलेका प्रधानमन्त्री र मन्त्रीहरु दौडिएको’ समेत बताए ।

याे पनि पढ्नुस  सार्वजनिक जग्गा अतिक्रमणः सरकारद्वारा खोजतलास गर्न उच्चस्तरीय आयोग गठनको प्रक्रिया शुरु

‘शक्ति पृथक्कीकरणको सवालमा सरकारले न्यायालयको अधिकार आफैमा अन्तरनिहीत गर्नु यो सरकारको अधिनायकवादको यात्रा भएको’ आरोप लगाउँदै नेता पौडेलले ‘महासचिव विष्णु पौडेलले पार्टीलाई निर्वाचनमा ४ करोड सहयोग गरेकाले ८ आना जग्गा खरिदको प्रकृयामा निर्दोष सावित गर्न निरंकुश सरकार र पार्टी समेत लागिपरेको’ बताए ।
सम्मेलनलाई सम्बोधन गर्दै कांग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले पार्टी महाधिवेशन गर्न ढिलाइ गर्न नहुने बताए । उनले बिधि र बिधान पूर्वक पार्टी चल्न नसकेको समेत आरोप लगाए । प्रमुख सचेतक बालकृष्ण खांणले पार्टीमा व्यवस्थापकीय क्षमता कमजोर रहेको बताए । संवैधानिक आयोगलाई नियन्त्रणमा लिएर ओली सरकारले संविधानलाई लत्याएको आरोप लगाए ।

याे पनि पढ्नुस  डा केसीको माग सम्बोधन गर्न वार्ता टोली बनाउँदै सरकार

गगन थापाले कांग्रेसको नेतृत्वमा आएको संविधान र कांग्रेसकै नेतृत्वमा भएको निर्वाचनले बनेको दुई तिहाईको सरकारले गरेका हर्कतबाट जनता आजित भएको बताए । थापाले अहिलेको सरकारबाट नै संबिधानमाथि धेरै खतरा रहेको आरोप समेत लगाए । उनले वर्तमान समयमा कांग्रेसको कर्तव्य संविधान जोगाउनु भएको उल्लेख गरे । थापाको भनाइ थियोः संविधान असफल भयो भने नेपालले पुरानो नियति भोग्छ, तसर्थ संविधान जोगाउनु कांग्रेसको कर्तव्य हो ।’
संवैधानिक मर्यादामा बस्नुपर्ने राष्ट्रपतिले पूर्व राजसंस्थाको भद्दा नक्कल गरेकाले प्रत्येक दिन जनता आजित भएको समेत नेता थापाले बताए ।

याे पनि पढ्नुस  २१ हजार 'पोर्न साइट' बन्द !

राष्ट्रिय सभा सदस्य तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य नेता बद्री पाण्डेले सरकार अधिनायकबादको बाटोमा हिँडेको भन्दै सबै एकजुट भएर सरकारका गतल कामका बिरुद्ध आन्दोलन गर्नुपर्ने बताए । उनले पार्टीभित्रको अन्तरकलह विस्तारै मत्थर पार्नु पर्ने उल्लेख गर्दै उनले आन्तरिक प्रतिस्पर्धालाई ईगोको रुपमा लिएर जान नहुने बताए । रातो पाटीबाट साभार

कमेन्ट गर्नुहोस्