विप्लव समूहका राेल्पा जनसत्ता प्रमुख सहित ४ नेता पक्राउ

रोल्पा । नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका जनसत्ता प्रमुख सहित चार जना नेताहरुलाई प्रहरीले पक्राउ गरेको उक्त पार्टीले जनाएको छ ।

नेकपाका अनुसार उक्त पार्टीका रोल्पा जिल्ला जनसत्ताँ प्रमुख लालबहादुर ओली ‘विश्व’, किसान नेता चित्रबहादुर खड्का ‘गणेश’, लगायत स्थानीय कार्यकर्ताहरु खैराङ्ग महरा र जितबहादुर बिष्टलाई प्रहरीले हिजो पक्राउ गरेको हो ।

आफ्ना नेताहरु पक्राउ परेपछि उक्त पार्टीका नेता सन्तोस सुबेदी ‘प्रयास’ ले आज एक विज्ञप्ति सार्वजनिक गर्दै राज्यले अनावश्यक रुपमा नेता, कार्यकर्ताहरुमाथि दमन, धरपकड र गिरफ्तार गर्ने काम गरेको बताएका छन ।

सुबेदीद्धारा जारी गरिएको विज्ञप्तिमा आफ्ना नेता, कार्यकर्ताहरुको रिहा नगरेमा त्यसको प्रतिकार गर्ने भन्दै राज्यलाई कडा चेचावनी दिएका छन । उनले आफ्ना नेताहरुलाई प्रहरीले बिना जानकारी अपहरणको शैलीमा गिरफ्तार गरेको बताएका छन ।

उनले रोप्पामा राज्यले अनावश्यक दमन गरेको भन्दै विज्ञप्तिमा भनेका छन–‘कठालोमा समातेर चौबाटोमा ल्याएर निर्ममतापुर्बक पछार्ने स्थिति छिट्टै आउने छ । रोल्पामा दमन झन् बढी चर्कीदै गैरहेको छ, त्यसको बिरुद्दमा रोल्पाली जनतालाई जर्याक जुरुक उठ्न आग्रह गर्दछु ।’

उनले आफ्ना नेताहरुलाई सत्ताँरुढ नेकपाका नेता बर्षमान पुनको निर्देशनमा गिरफ्तार गरिएको भन्दै आक्रोशपूर्ण शब्दमा लेखेका छन–‘गणतन्त्रको नयाँ राजारानी बनेर रोल्पामा प्रवेश गरेका नव धनाड्य तथा मतियार बर्षमान पुनको ठाडो निर्देशनमा रोल्पाका स्थापित क्रान्तिकारीहरुमाथि धरपकड भएको छ ।’

यो विषयमा प्रहरी प्रशासनले भने केही बताएको छैन तर राज्यले नेकपाको गतिविधि हिंसात्मक बन्दै गएको भन्दै केही समयअघि प्रतिबन्ध लगाएको छ । प्रतिबन्धीत पार्टीका नेता, कार्यकर्ताहरुमाथि प्रहरीको कारबाही पछिल्ला दिनहरुमा बढिरहेको समाचाहरु आउने गरेका छन ।

बाँकी विज्ञप्तिमा हेर्नुहोला । उक्त पार्टीको रोप्ला जिल्लाको नाममा आएकोविज्ञप्तिको पूर्णपाठ यस्तो छ ….

नेपाल कम्युनिस्ट पार्टीजिल्ला समिति रोल्पा

प्रेस विज्ञप्ति

नेपालका घटी साशकहरुले आआफ्नो भित्रि मिसन फत्य गर्नको निम्ति व्यापक धरपकड र जनविरोधी हर्कतहरु मच्चाई रहेका छन् । गणतन्त्रको नयाँ राजारानी बनेर रोल्पामा प्रवेश गरेका नव धनाड्य तथा मतियार बर्षमान पुनको ठाडो निर्देशनमा रोल्पाका स्थापित क्रान्तिकारीहरुमाथि धरपकड भएको छ । यसै शिलशिलामा रोल्पा जिल्ला जनसत्ता प्रमुख लाल बहादुर ओली कामरेड विश्व र पुराना किसान नेता चित्र बहादुर खड्का कामरेड गणेश लगायत अन्य दुइ जना होनाहार कार्यकर्ताहरु कमरेड खैराङ्ग महरा र कमरेड जित बहादुर बिष्टलाइ अपहरणको शैलीमा गिरफ्तार गरेको छ ।

बृय मिस्रित होलिवाइन खाएर, सिकेराउत्लाइ अँगालो हाल्नेहरु र कुनै बेला नेपालको सुरक्षा फौजलाई बलात्कारी फौज भन्नेहरुले आज क्रान्तिकारीहरुलाइ निर्ममतापुर्वक दमन गरिरहेका छन् । उनीहरुको पनि छिट्टै अवसान हुनेछ हेक्का रहोस । यो देशको कालापानी बेचेर खानेहरु, लिपू लेख बेचेर खानेहरु, लिम्पिया धुरा तिनकुर बेचेर खानेहरु बिस्तारै शैपाल हिमाल, जलजला पहाड र चोमो लोङ्गमा बेच्दै छन् । आफ्नो भित्रि मिसन फत्य गर्नको निम्ति क्रान्तिकारीहरु माथि व्यापक धरपकड मचाइ रहेका छन् । अझ रोल्पामा चर्को गरेर दमनकारी सत्ता चलाई रहेका छन् ।

हामी भन्न चाहान्छौ, यहाँका गृहप्रशासनलाइ छिटो भन्दा छिटो हाम्रा गिरफ्तार कामरेडहरुलाई रिहाइ गरियोस । होइन भने हामी संघर्षको कडा बाटो समाप्त बाध्या हुनेछौ । त्यसबाट उत्पन्न हुने सम्पूर्ण परिस्थितिको जिम्मा गणतन्त्रका नयाँ राजारानी र नव धनाड्यहरुले लिनु पर्ने छ । दलालका मतियार र सुरक्षा फौजका कथित हाकिमहरु जसले क्रान्तिकारी स्थापित नेताहरुलाई गिरफ्तार गरेको छ, उनीहरुलाई कठालोमा समातेर चौबाटोमा ल्याएर निर्ममतापुर्बक पछार्ने स्थिति छिट्टै आउने छ । रोल्पामा दमन झन् बढी चर्कीदै गैरहेको छ, त्यसको बिरुद्दमा रोल्पाली जनतालाई जर्याक जुरुक उठ्न आग्रह गर्दछु ।क्रान्तिकारी अभिबादन सहित !

……………..
सन्तोस सुबेदी ‘प्रयास’

कमेन्ट गर्नुहोस्

%d bloggers like this: