आइतबारका लागि विदेशी मुद्राको विनिमय दर

काठमाण्डौ, बैशाख ०८ । आज आइतबारका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर ११० रुपैयाँ ६८ पैसा र बिक्रीदर १११ रुपैयाँ २८ पैसा तोकेको छ । यस्तै साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ५१ पैसा र बिक्रीदर २९ रुपैयाँ ६७ पैसा छ । आज कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ४० पैसा र बिक्रीदर ३० रुपैयाँ ५६ पैसा तोकिएको छ । यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ १३ पैसा र बिक्रीदर ३० रुपैयाँ ३० पैसा छ ।

मलेसियन रिंगिट १ को खरिददर २६ रुपैयाँ ७८ पैसा र बिक्रीदर २६ रुपैयाँ ९३ पैसा छ । यस्तै आइतबार कुवेती दिनारको १ को खरिददर ३६३ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३६५ रुपैयाँ ८६ पैसा तोकिएको छ । बहराइन दिनार १ को खरिददर २९३ रुपैयाँ ५३ पैसा र बिक्रीदर २९५ रुपैयाँ १२ पैसा छ । यस्तै, कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ७४ पैसा र बिक्रीदर ९ रुपैयाँ ७९ पैसा रहेको छ । उज्यालो अनलाइनबाट

कमेन्ट गर्नुहोस्

%d bloggers like this: