आइतबार कतिमा कारोबार भइरहेको छ सुन ?

काठमाडौं, वैशाख ८ । साताको पहिलो दिन आइतबार पनि नेपाली बजारमा सुनचाँदीको मूल्य अझै यथावत नै रहेको छ ।

शुक्रबार छापावाला सुन प्रतितोला ५९ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो भने आजपनि सुन प्रतितोला ५९ हजार १०० रुपैयाँमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

त्यस्तै, शुक्रबार तेजावी सुन ५८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो भने आजपनि सुन प्रतितोला ५८ हजार ८ सय रुपैयाँमै कारोबार भइरहेको छ ।

साथै, शुक्रबार चाँदी प्रतितोला ७ सय २५ रुपैयाँमा कारोबार भएको थियो भने आजपनि चाँदी ७२५ रुपैयाँमै कारोबार भइरहेको छ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: