१६ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार गरेको अभियोगमा ६ जना पक्राउ

धनगढी, वैशाख ८ । कैलालीको घोडाघोडी नगरपालिका –४ घोडाघोडीमा १६ वर्षीया एक किशोरीमाथि सामूहिक बलात्कार भएको छ ।

सामूहिक बलात्कारमा संलग्नको आरोप लागेका छ जनालाई पक्राउ गरिसकेको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ । पक्राउ पर्नेमा घोडाघोडी नगरपालिका १ का केशव भनेर चिनिने राकेश गिरी, रुपेश चौधरी, लक्ष्मण रावल, हिमराज क्षेत्री, नरेन्द्र बिक र नवीन शाही रहेका छन् ।

घटना वैशाख १ गते बिहान भएको भएपनि शनिबारमात्रै जाहेरी परेको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ । प्रहरी समक्ष मुद्दा परे लगतै घटनामा संग्लग्न छ जनालाई नियन्त्रणमा लिई सोधपुछ थालेको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी निरीक्षक यक्षराज जोशीले जानकारी दिए ।

किशोरी आफन्तको विवाहमा जाने क्रममा घोडाघोडीको जङ्गलमा राकेश गिरीको समूहले किशोरीलाई इन्जेक्सन लगाई सामूहिक बलात्कार गरेको जाहेरीमा उल्लेख गरिएको प्रहरी निरीक्षक जोशीले बताउए ।

आइतबार भर्खर मुद्दा दर्ता भएको छ, जाहेरीमा किटान गरिएका ७ जनामध्ये ६ जनालाई पक्राउ गरिसकेका छौं । अन्यलाई पनि चाँडै नियन्त्रणमा लिन्छौ उनले भने । घटना लगतै पीडित किशोरीको घोडाघोडी अस्पतालमा उपचार हुन नसकेपछी नेपालगन्ज रेफर गरिएको र त्यहाँ पनि उपचार सम्भव नभएपछि अहिले काठमाडौमा उपचार भइरहेको जोशीले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: