तीन दिनसम्म देशभर हावाहुरीसहित वर्षा हुने सम्भावना

काठमाडौं, वैशाख ८ । जल तथा मौसम पूर्वानुमान महाशाखाले आइतबारदेखि ३ दिनसम्म देशभर मौसम बदली भई हावाहुरी र चट्याङ सहित वर्षा हुने सम्भावना रहेको जनाएको छ ।

महाशाखाका अनुसार आइतबारदेखि मंगलबार रातिसम्म हावाहुरी, चट्याङ र मेघगर्जनसहित वर्षा हुने सम्भावना देखिएको हो । महाशाखाका मौसमविद् समीर श्रेष्ठका अनुसार आज९आइतबार० पश्चिमी वायु प्रवेश गर्ने भएकाले तीन दिनसम्म मौसम बदली हुने भएको हो।

‘अहिले यो वायु जम्मु काश्मिरमा छ,’ मौसमविद् श्रेष्ठले भने, ‘बेलुकीसम्म यो नेपालको पश्चिमी क्षेत्रमा आइपुग्ने छ ।’ तर यो उति शक्तिशाली भने नभएको उनको भनाइ छ। ‘तैपनि यसले आगामी तीन दिनसम्म हावाहुरी, चट्याङ र मेघ गर्जनका साथ वर्षा गराउने सम्भावना छ,’ उनले भने ।

मौसमविद् श्रेष्ठका अनुसार दिउँसो काठमाडौं उपत्यकासहित विशेषगरी पहाडी क्षेत्रमा र राति पहाड(तराई दुवै क्षेत्रमा हावाहुरी, चट्याङ र मेघ गर्जनसहित वर्षा हुने सम्भावना छ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: