भोलि पार्टी एकताको घोषणा, आज साँझ सचिवालय बैठकबाट अनुमोदन गरिने (भिडियोसहित)

काठमाडौं, वैशाख ८ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)अन्तर्गत जपल्ला तह र जनवर्गीय संगठनको एकता अन्तिम चरणमा पुगेको छ ।

आइतबार बिहान बालुवाटारमा दुबै अध्यक्षबीच भएको छलफलमा सहमति जुटेको हो ।

राजधानीमा नेकपा प्रदेश नम्बर ३ द्वारा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले पार्टी एकताका बाँकि कार्यभार टुंगो लागेको बताए । ‘अब मान्छेका अनुहार हेरेर को कस्तो भन्ने समय छैन । अध्यक्षले भने, ‘सैद्धान्तिकरुपमा एकताका बारे सहमति भएको छ । भोलि घोषणाा हुन्छ ।’

दुवै अध्यक्षबीच भएको सहमतिलाई आज साँझ बस्ने सचिवालयको बैठकमा अनुमोदनका लागि प्रस्ताव लगिने प्रचण्डले बताए पार्टी एकतामा ढिलाई भएपनि भोलि हुने कार्यक्रममा घोषणाा गरिने उनले बताए ।

नेपाल कम्युनिष्ट पार्टीको ७० अौं पार्टी स्थापना दिवस तथा सम्मान कार्यक्रम ।। २०७६ बैशाख ८ गते

Posted by क. प्रचण्ड / Comrade Prachanda on Saturday, April 20, 2019

कमेन्ट गर्नुहोस्

%d bloggers like this: