आइतबार बिहानै श्रीलंकाको चर्च र होटलमा ६ वटा बम विस्फोट

कोलम्बो, बैशाख ८ । श्रीलंकामा आइतबार बिहानै चर्च तथा होटलहरुमा ६ वटा विस्फोट भएका छन्।

राजधानी कोलम्बोस्थित ३ चर्च तथा ३ होटलमा विस्फोट हुँदा ५० जनाको मृत्यु भएको एपिएफले जनाएको छ। २ सयभन्दा बढी घाइते भएको जनाइएको छ । मृत्यु हुनेहरुमा पर्यटक समेत रहेको बताइएको छ । क्रिश्चियन धर्मावलम्बीले श्रीलंकामा इस्टर पर्व मनाइरहँदा त्यहाँका चर्च तथा होटलहरुमा आक्रमण भएको हो ।

कोचिकाडे, नेगोम्बो तथा बाटिकालाओ चर्चमा तथा सांग्रिला, सिनामोन ग्रान्ड तथा किंग्सबरी होटलमा विस्फोट भएको हो ।

घाइतेहरुको अस्पतालमा उपचार भइरकेको जनाइएको छ। इस्टर सन्डे पर्वलाई क्रिश्चियत क्यालेन्डरको एक मुख्य पर्वको रुपमा लिने गरिन्छ । अहिलेसम्म कुनैपनि समूहले आक्रमणको जिम्मा लिएका छैनन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: