प्राविधिक शिक्षा आजको आवश्यकताः मन्त्री पोखरेल

दार्चुला, वैशाख ८ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले आधारभुत कक्षाबाटै प्राविधिक शिक्षाको पढाइ हुनुपर्नेमा जोड दिएका छन् ।

शिक्षालाई श्रमसँग, श्रमलार्इ सीपसँग, सीपलार्र्ई उत्पादनसँग र उत्पादनलाई समृद्धिसँग जोड्न सकेमात्रै मुलुकमा अग्रगामी परिवर्तन सम्भव रहेको मन्त्री पोखरेलको भनार्इ छ । शिक्षा कस्तो छ ? भन्ने कुराले देश कस्तो छ भन्ने कुरा निर्धारण गर्ने भएकोले शिक्षालाइ पुर्वाधारको पनि पुर्वाधारको रुपमा बुझ्नु जरुरी रहेको उनले धारणा राखे ।

दार्चुला जिल्लामा शिक्षाको अवस्था र भावी योजना विषयक अन्तरक्रिया कार्यक्रमलार्इ सम्वोधन गर्दै मन्त्री पोखरेलले सबै विद्यार्थीलाइ कक्षा १२ को पढाइ सकिदा एउटा सीपसहित पढाइबाट निस्किने जनशक्तिको रुपमा तयार पार्नुपर्ने बताए। जिल्लामा शिक्षकको अभाव र समस्या रहेको गुनासो सम्बोधन गर्दै उहाँले शिक्षक दरवन्दी मिलान कार्यदलको रिपोर्टको आधारमा शिक्षकहरुको समायोजनको प्रस्ताव मन्त्रिपरिषदमा पेस गरिसकेकोले पास भएपछि शिक्षक वितरण गर्न सजिलो हुने बताए । देशभरिमा अहिले ४८ हजार शिक्षक अभाव देखिएकोले स्थानीय, प्रदेश र संघ तीनै तहको सरकारले शिक्षकको समस्या समाधानमा ध्यान दिनुपर्ने बताए । संघीय सरकारले देशभरिमा केहि नमुना विद्यालयहरु सञ्चालन गर्ने मन्त्री पोखरेलको भनार्इ छ ।

शिक्षा क्षेत्रमा १० दसमलब २ प्रतिषत बजेट सिलिङ प्राप्त भएको बताउँदै उनले बजेट थप गर्नकालागि अर्थमन्त्रीसँग सकारात्मक कुरा भइरहेको जानकारी दिए । अहिलेसम्म राज्यले गरेको लगानी अनुसारको नतिजा आउन नसक्नु दुःखको विषय भएकोले शिक्षाको विषय र शिक्षकको समस्या हल गर्न सवैले भूमिका निर्वाह गर्नुपर्ने मन्त्री पोखरेलको भनार्इ छ । प्रतेक माद्यमिक विद्यालयहरुमा विज्ञान र आइसिटीको प्रयोगसाला आवश्यक छ, मन्त्री पोखरेलले भने, हामीले प्राविधिक शिक्षा पढाउँने, क्याम्पसहरु खोल्ने कुरा गरिराखेका छौ तर विज्ञान पढ्ने विद्यार्थीको संख्या एकदमै न्यून छ । देशमा राजनीतिक परिवर्तन अनुसारको विज्ञान र प्रविधिको क्षेत्रमा परिवर्तन हुन नसकेको कारण तिव्र गतिमा देशको विकास हुन नसकेको उनको भनाइ छ ।

शिक्षाको अर्को एकदमै डरलाग्दो समस्या भनेको सूशासन नहुनु हो । शिक्षक पार्टीको जुनसुकै तहमा अथवा ट्रेड युनियनमा जतिसुकै माथि पुगेपनि कक्षाकोठाको प्रस्तुति र विद्यार्थी, अभिभावनको विश्वास जित्नसकेमात्रै सफल भइने बताउँदै रुपान्तरित शिक्षक र गुणस्तरिय शिक्षा अहिलेको आवश्यकता रहेको धारणा राखे । वालवालिकाहरुको भविष्यमाथि खेलवाड गर्ने अधिकार कसैलाइ नभएको बताउँदै उनले नयाँ पुस्तालार्इ पढाउन नसक्ने शिक्षकले शिक्षक पेशा छोडेर अरु व्यवसाय गर्न उनले निर्देशन दिएका छन् ।

दार्चुला भारत र चीनसँग जोडिएको विकट जिल्ला भएपनि यहाँ यार्सागुम्वा, सिलाजित जस्ता महत्तपुर्ण जडीबुडीहरु छन् । मन्त्री पोखरेलले आगामी वर्षबाट सामुदायिक विद्यालयहरुमा आयुर्वेद, जडीबुडी वा प्राविधिक चिकित्सा विषयको पढाइ गर्न सुझाब दिए । उच्च शिक्षा पुरानो ज्ञान दिनेमात्रै नभर्इ ज्ञान निर्माण गर्ने क्षेत्र भएकोले अद्ययन, अनुसन्धान गरेर नयाँ विषयको खोजि हुनुपर्ने उनको भनाइ छ ।

संघीय शिक्षा नीति निर्माणको लागि आयोगको प्रतिवेदनका आधारमा ५० पेजको राष्ट्यि शिक्षा नीति निर्माण गरेर मन्त्रीपरिषदमा पेस भइसकेको बताउँदै उनले केही दिनमा संसदबाट राष्ट्यि शिक्षा नीति पास हुने बताए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: