जय किशन बस्नेतको चलचित्र ‘हिरो नं.वान’ छायांकनमा

काठमाडौं, वैशाख ८ । कलाकार तथा निर्देशक जयकिशान बस्नेतको ‘हिरो नं. वान’ छायांकनमा निस्किएको छ ।

नेपाली कथानक चलचित्र ‘हिरो नं. वान’ शुक्रबारबाट छायांकनमा निस्किएको हो । जयकिशन बस्नेत फिल्मस् प्रालिको ब्यानरमा निर्माण हुँदै गरेको यस चलचित्रमा लेखन, निर्देशन तथा निर्माण कलाकार जय किशन बस्नेतको नै रहने छ । जय किशन बस्नेतको चलचित्र ‘हिरो नं. वान’ छायांकनमा जाहन्वी बस्नेत र ब्रबिम बस्नेतले प्रस्तुत गर्ने यस चलचित्रमा द्वन्द शंकर महर्जन, श्रृंगार रवि केसी, मधु न्यौपानेको गीत, संगीत तारावीर पाण्डे र हरि थापा, नृत्य राम्जी लामीछाने रहेका छन् ।

याे पनि पढ्नुस  चलचित्र ‘शेरबहादुर’ लाई शतप्रतिशत राम्रो प्रतिक्रिया

त्यस्तै, कार्यकारी निर्माता मदन ताम्राकार रहने छन् भने, रामजी राउत र ञन कुमार कट्टेल मुख्य सहायक पनिर्देशक रहने छन् । चलचित्रमा विनोद सापकोटाको छायांकन रहने छ भने तारा थापा किम्भेको सम्पादन रहने छ ।

यस चलभित्रमा कलाकारहरु जयकिशन बस्नेत, एलीना रायमाझी, राजीबजंग बस्नेत, जाहन्वी बस्नेत, टार्जन, शोभित बस्नेत, यत्तलम केसी, संद्धरत्न महर्जन, माया तमाङ, मलन ताम्राकार रहेका छन् ।

याे पनि पढ्नुस  यी दुई कलाकारको हुँदैछ आमनेसामने !

त्यस्तै अन्य कलाकारहरुमा आशिश क्षेत्री, आरोही श्रेष्ठ, निशान चिलसवाल, रामजी रायत, पूविण अधिकारी, सन्तोष श्रेष्ठ, चन्दन आर्गेजा, शुभेच्छा थापा, राजु गिरी, सावित्रा चिलुवाल, विनोद ठाकुर, गणेश केसी, अनिक लामा, रोशन मगर, लय संग्रौला, बखत बिष्ट, प्रतिभा बिष्ट, ञनकुमार कटटेल लगायत रहने छन् ।

याे पनि पढ्नुस  माघ ११ गतेदेखि चलचित्र ‘आरोप’ प्रदर्शनमा, ‘ए मन’ गीतको भिडियो सार्वजनिक

चलचित्र ‘हिरो नं. वान’ काठमाडौं, दामन, कुलेखानी, मनाङ, मुस्ताङ, दोलखा, पोखरा लगायतका रमणीय स्थतमा छायांकन हुने चलचित्रका कलाकार निर्देशक तथा निर्माता जय किशन बस्नेतले बताएका छन् ।

कमेन्ट गर्नुहोस्