तपाईंको आजको राशिफल यस्तो छ

काठमाडौँ, वैशाख ८ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

शुभकार्यको चर्चा चल्ने छ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । रोकिएको धन हात पर्ला ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

विद्या र बुद्धिको विकास हुनेछ । पार्टी तथा सेमिनारमा सहभागी भईएला । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । प्रयत्न गरे फाइदा लिन सकिने छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । समाजसेवामा मन लाग्नेछ । विशिष्ठ व्यक्तिको साथ पाईनेछ । नयाँ काम सुरु गर्ने समय आएको छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

गरेका काममा ढिलासुस्ती हुनेछ । ताकेअनुरूप काम नबन्नाले दिक्क लाग्ने छ । आलस्य उत्पन्न भै दैनिक कार्य ओझेलमा पर्न सक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

उन्नति एवं प्रगतिको वातावरण बन्नेछ । घर,जग्गाको कारोबारमा सफलता मिल्ने छ । मेहनतीहरूका लागि दिन फलदायी रहने छ । वैदेशिक कार्यअघि बढ्ने छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

नयाँ व्यक्तिसंग भेटघाट हुने छ । मनपर्ने व्यक्तिसँग भेटघाट हुने छ । व्यापारमा मनग्ये धनलाभ हुने छ । श्रमको उचित मुल्याङ्कन हुने छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

व्यापार व्यावसायमा वैदेशिक क्षेत्रसँग सम्बन्धित कारोबार फस्टाएर जाने छ भने बैदेशिक यात्रा तय गर्न सकिनेछ । आफन्त र साथीभाइबाट सहयोग प्राप्त हुने छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, युं)

रोकिएका काम पुनः सुरु हुन सक्छन् । आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहने छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । रचनात्मक काममा जुट्ने समय छ । वैदेशिक क्षेत्रको काम अघी बढ्ने छ । प्रेमसम्बन्ध कसिलो होला ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)

रोकिएको काम दोहोर्याएर गर्दा फाइदा हुनेछ । साथीभाइबाट बढी फाइदा लिने समय छ । दान–पुण्यजस्ता कार्यमा सहभागी भइनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

काममा केही प्रतिस्पर्धा र चुनौती सामना गर्नुपर्ला । प्रेमप्रसङ्गमा समेत नरमाइलोपन आउने छ । विपक्षीको छलकपट तथा जालझेलबाट सावधान रहनुपर्ने छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

घरायसी कामधन्दाका लागि खट्नुपर्ने छ । अधिकार प्राप्तिका लागि संघर्श गर्नुपर्ला । चोटपटकको भयछ सचेत रहनुहोला । मनमा दुविधा उत्पन्न हुनेछ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: