इन्डियन प्रिमियर लिगः बेंग्लोरसँग चेन्नइ १ रनले पराजित

काठमाडौं, बैशाख ०९ । इन्डियन प्रिमियर लिग (आइपिएल)मा रोयल च्यालेञ्जर्स बेंग्लोरले शीर्ष स्थानमा रहेको चेन्नेइमाथि एक रनको रोमाञ्चक जित हात निकालेको छ ।

आइतबार राति बेंग्लोरको घरेलु मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको बेंग्लोरले २० ओभरमा सात विकेट गुमाउँदै एक सय ६१ रन बनायो । उसका लागि ओपनर पार्थिव पटेलले ५९ रन बनाए भने एवी डिभिलिर्सले २५ तथा मोयन अलीले २६ रनको योगदान गरे ।

जवाफमा चेन्नेइ २० ओभरमा आठ विकेट गुमाउँदा १ सय ६० रनमा रोकियो । उसका लागि राइडुले २९ तथा कप्तान धोनीले ८४ रन बनाए । यस्तै रविन्द्र जडेजाले ११ रनको योगदान गरे । चेन्नेइको जितका लागि अन्तिम ओभरमा २६ रन चाहिएको थियो । जसमा धोनीले एक चौका र तीन छक्का प्रहार गर्दै टिम जितको नजिक पुर्‍याएपछि अन्तिममा एक रनले हार्न पुग्यो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: