काठमाडौं, बैशाख ०९ । पेरिस सेन्ट जर्मेनले फ्रेञ्च लिग वानको उपाधि लगातार छैटौँ पटक जितेको छ । आइतबार राति भएको खेलमा मोनाकोलाई ३–१ गोल अन्तरले पराजित गर्दै पीएसजीले लिग उपाधि जितेको हो ।
पीएसजीको जित र दोस्रो स्थानको लिली बराबरीमा रोकिएपछि पीएसजीको उपाधि निश्चित भएको हो । चोटका कारण केही महिना मैदान बाहिर रहेका नेयमारको कमब्याक खेलमा पीएसजीको जितमा केलियन एम्बाप्पेले ह्याट्रिक गरे ।
१५ औ मिनेटमा पहिलो गोल गरेका उनले ३८ औ मिनेटमा दोस्रो र ५५ औ मिनेटमा ह्याट्रिक पूरा गरेका थिए । मोनाकोका गोलोभिनले ८० औ मिनेटमा एक गोल फर्काएका थिए ।एम्बाप्पे एकै सिजनमा ३० गोल गर्ने लिग वानको सबैभन्दा कान्छा खेलाडी भएका छन् ।