देशभर मौसम बदली, साँझपख हुरीबताससहित पानी पर्ने सम्भावना

काठमाण्डौ, बैशाख ०९ । उपत्यकासहित देशभरका धेरै ठाउँको मौसम अहिले बदली भएको छ । केही ठाउँको मौसम भने सफा छ । पश्चिमीसँगै स्थानीयले वायुको प्रभावले मौसम बदली भए पनि अहिले तत्काल पानी पर्ने सम्भावना नरहेको मौसमविद्ले बताएका छन् ।

मौसमविद् वरुण पौडेलका अनुसार अहिले बदली भएको ठाउँको मौसम केहीबेरमा खुल्नेछ । तर दिउँसोपछि फेरि बदली भई बेलुकीतिर मेघगर्जन र हुरीबताससहित पानी पर्ने उहाँको अनुमान छ ।

याे पनि पढ्नुस  न्यून चापीय रेखा नेपालबाट हट्यो, अब अविरल वर्षा नहुनेः मौसमविद्

यसैबीच दक्षिण एसियामा आउँदो वर्षको मनसुनमा मौसमी अवस्था कस्तो रहन्छ भन्ने बारेमा अध्ययन गर्न साउथ एसियन क्लाइमेट आउटलुक फोरम (सास्कोफ) को बैठक काठमाण्डौमा बस्दैछ ।

ललितपुरको कुपण्डोलमा बिहान ९ बजे सुरु हुने बैठकमा नेपालसहित दक्षिण एसियामा मौसम र जलवायुको क्षेत्रमा काम गरिरहेका व्यक्ति सहभागी हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मंगलबार सकिने बैठकले दक्षिण एसियामा यो वर्षको मनसुन कस्तो रहन्छ भन्ने बारेमा पूर्वानुमान गर्ने मौसमविद् शान्ति कँडेलले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्