बम विष्फोटमा मर्नेको संख्या २९० पुग्यो, शंकाष्पद २४ जना प्रहरी नियन्त्रणमा

कोलम्बो, बैशाख ०९ । श्रीलंकाको राजधानी कोलम्बोमा आईतबार भएका शृङ्खलाबद्ध बम विष्फोटमा परि मर्नेको संख्या दुई सय नब्बे पुगेको छ ।डेलिमिररका अनुसार, क्रिश्चियन धर्मावलम्बीको चाड ईष्टरका दिन विभिन्न चर्च तथा पाँचतारे होटलमा भएका विष्फोटमा संलग्न रहेको आशंकामा २४ जनालाई प्रहरिले नियन्त्रणमा लिएको छ । घटनामा ५ सय बढी घाईते भएका छन् । सरकारले देशचरि कर्फ्यु लगाएको छ भने सामाजिक सञ्जाल अल्पकालिनरुपमा बन्द गरिएका छन् ।

विष्फोट कसले गराएको हो भन्ने अझैसम्म थाहा हुन सकेको छैन । विष्फोट हुनसक्ने सुचना यसअघि नै गुप्तचर निकायले सुरक्षा निकायलाई पत्रमार्फत जानकारि गराएको खुलासा समेत भएको छ । यद्यपि पूर्व सुचनाबारे सदन र राष्ट्रपति तथा प्रधानमन्त्रीलाई भने जानकारि गराएको थिएन । प्रहरिले भने स्थानिय उग्रवादि समुहले विष्फोट गराएको दावि गरेको थियो ।

हेर्नुस् डेलिमिररका लागि वारुना वान्निएराच्चिले लिएका तस्वीर

 

 

 

 

कमेन्ट गर्नुहोस्

%d bloggers like this: