तारा एयरको विमान रामेछापमा धावनमार्गबाट चिप्लियो

रामेछाप, बैशाख ०९ । तारा एयरको विमान रामेछाप विमानस्थलमा अवतरणको क्रममा धावनमार्गबाट चिप्लिएको छ । सोलुखुम्बुको लुक्लाबाट रामेछाप आएको तारा एयरको ९-एन एकेके कल साइनको विमान ल्यान्डिङ गियर फेल भएर धावनमार्गबाट चिप्लिएको हो ।

यात्रु र चालकदलका सदस्यहरु सुरक्षित रहेको बताइएको छ । क्षतिको अन्य विवरण आउन बाँकी छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निर्माण कार्य भइरहेकाले विमानहरूले लुक्लाका लागि मन्थलीबाट उडान भर्दै आएका छन् । उज्यालो अनलाइनबाट साभार

कमेन्ट गर्नुहोस्

%d bloggers like this: