रामेछापमा तारा एयरको जहाज दुर्घटना

काठमाडौं, वैशाख ९ । सोमबार बिहान रामेछापमा तारा एयरको जहाज दुर्घटना भएको छ।

सोलखुम्बुको लुक्लाबाट रामेछाप आएको तारा एयरको ९ एन एकेके कल साइनको जहाज मन्थली विमानस्थलमा धावनमार्ग (रनवे)बाट चिप्लिएको हो । अवतरण गर्ने क्रममा टायर पन्चड भएर जहाज रनवेबाट चिप्लिएको हो ।

चिप्लिने क्रममा जहाजले मनाङ एयरको हेलिकोप्टरलाई ठक्कर दिएको थियो । तर, मानवीय क्षति भने नभएको बताइएको छ।

रामेछापको मन्थली विमानस्थल

अन्य क्षतिको अन्य विवरण आउन बाँकी छ।

मन्थली विमानस्थल बन्द

दुर्घटनापछि रामेछाप विमानस्थल बन्द भएको छ। तारालाई रन वेबाट नहटाएसम्म विमानस्थल खुला गर्न नसकिने विमानस्थल व्यवस्थापनले जनाएको छ।

दुर्घटना गस्त उक्त विमान रन वेबाट हटाउन कति समय लाग्छ भन्न सक्ने अवस्था नरहेको विमानस्थल कार्यालयले जर्नाएको छ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: