चलचित्र ‘तुलसी को अर्कों गीत युट्युबमा सार्वजनिक

काठमाडौं, वैशाख ९ । अभिनेत्री ऋचा घिमिरेको प्रस्तुतिमा, शंकर घिमिरेको निर्माण तथा निर्देशन रहेको नेपाली कथानक चलचित्र ‘तुलसी’को ट्रेलर सार्वजनिक भएको छ ।

BODHI HD तथा 8848 मिडियाद्वारा डिस्ट्रिब्यूसन हुने र डिजिटल माध्यमबाट विश्वव्यापी डिजिटल प्रदर्शन गर्न लागिएको चलचित्र ‘तुलसी’ चाँडै नै सार्वजनिक हुने जानकारी कलाकार तथा प्रस्तुतिकर्ता ऋचा घिमिरेले बताएकी छन् । छुवाछुत तथा जातिय विभेद जस्तो गहन विषय वस्तुमा केन्द्रित चलचित्र ‘तुलसी’ले चेतनाका साथै मनोरञ्जन दिन्छ ।

याे पनि पढ्नुस  ‘चलचित्र ‘मिस्टर झोले’ को ट्रेलर सार्वजनिक

ऋचा घिमिरे, विमलेश अधिकारी, आयुष रिजाल, जयकिशन बस्नेत, विष्णु सापकोटा, पुष्कर भट्ट, सुष्मा कार्की आदि मूख्य भुमिकामा छन् भने विशेष भुमिकाहरुमा राजेश हमाल, भुवन केसी, शिव श्रेष्ठ, करिश्मा मानन्धर, मौसमी मल्ल र तृप्ती नाडकर रहेका छन् ।

मिजास इन्टरटेन्मेन्ट एन्ड मिडिया प्रालिको ब्यानरमा तयार चलचित्र ‘तुलसी’ वरिष्ठ संगीतकार रञ्जित गजमेरको अनुभवले सजिएको छ । यसअघि सार्वजनिक ‘आजको रमाइलो बेला’ र सीम सीम पानी, बोलको गीतलाई दर्शकले रुचाएका छन् जसमा एकसाथ सबै सुपरस्टारहरु राजेश हमाल, करिष्मा मानन्धर, शिव श्रेष्ठ, तृप्ति नाडकर, भुवन केसी, मौसमी मल्लको नृत्य रहको छ ।

याे पनि पढ्नुस  ‘होस्टेल ब्याक अगेन’का लागि अमेरिकामा कास्टिंग कल आहवान

चलचित्रमा जम्मा पाँचवटा गीतहरु रहेका छन् जसमा आशा भोषले, साधना सरगम, शान तथा सुपरहीट लोकप्रिय गायक स्व. कुमार कान्छाले स्वर दिएका छन् ।

पाँचवटै गीत मुम्बईमा रेकर्ड गरिएका हुन जसमा गीतकार सुरेश अधिकारीको शब्द रहेको छ । चलचित्र ुतुलसीुको एउटा गीतमा भने बसन्त सापकोटाले सङ्गीत भरेका छन् त्यसमा शिव परियारको स्वर रहेको छ । ‘तुलसीुलाई शिवम् अधिकारीले लेखेका हुन् जसको सम्पालन शिव पुरीले गरेका हुन् भने यसमा छायाँकन दीपक वज्राचार्यको रहेको छ।

याे पनि पढ्नुस  ‘धर्मयुद्ध’ बाट चलचित्रमा फर्किए छन् धिरेन (प्रोमोसहित)

यो गीतलाई सान र साधना सरगम ले गायका छन।

कमेन्ट गर्नुहोस्