लोकसभा निर्वाचनः अमित शाह र राहुल गान्धीको फैसला आज

काठमाडौं, बैशाख १० । भारतमा जारी लोकसभा निर्वाचन अन्तर्गत तेस्रो चरणको मतदान भइरहेको छ। तेस्रो चरणको मतदानमा भारतका केही शीर्ष नेताहरुको भाग्यको फैसला पनि हुँदैछ। मंगलबारको मतदानमा भारतीय जनता पार्टी भाजपाका अध्यक्ष अमित शाह र भारतीय कांग्रेस पार्टीका अध्यक्ष राहुल गान्धीको भविष्यको फैसला हुनेछ।

याे पनि पढ्नुस  प्रधानमन्त्री ओली र काँग्रेसका अध्यक्ष राहुल गान्धीबीच भेट

भाजपा अध्यक्ष शाह गुजरातको गान्धीनगरबाट चुनाव लडेका छन् भने कांग्रेस अध्यक्ष गान्धी केरलको वायनाड क्षेत्रबाट चुनावी मैदानम छन्। मंगलबार १५ राज्यका ११७ सिटमा मतदान भइरहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। जसअन्तर्गत गुजरातका २६, केरलका २०, कर्नाटकका १४, महाराष्ट्रका १४, गोवाका २, असमका ४, बिहारका ५, ओडिशाका ६, उत्तर प्रदेशका १०, छत्तीसगढका ७, पश्चिम बंगालका ५ र विभिन्न तीन प्रदेशका ११ निर्वाचन क्षेत्रमा मतदान भइरहेको छ।

कमेन्ट गर्नुहोस्