पत्रकार भट्टले निर्देशन गरेको म्युजिक भिडियो सार्वजनिक

पत्रकार सन्दिप भट्टले निर्देशन गरेको म्युजिक भिडियो ‘तिम्रो मेरो कथा’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

विगत ८ बर्षदेखि विभिन्न संञ्चारमाध्यममा आवद्ध रहेका भट्ट पछिल्लो पटक निर्देशनमा हात हालेका हुन् । चितवनको विभिन्न रमणीय ठाँउहरुमा छाँयाकन गरीएको म्युजिक भिडियोलाई नमस्ते फिल्मी टिभीको युट्युव च्यानलबाट मंगलवार बिहान सार्वजनिक गरीएको छ ।

सुमन ढकाल र दिया केसी फिचर्ड म्युजिक भिडीयोमा प्रेम र बिछोड देखाईको छ । केटीलाई परिवारले जबरजस्ती बिहे गर्दैएपछि केटा भएको प्रेममा परेका केटा जोगी हुने अवस्था पुगेको भिडियोमा देख्न सकिन्छ ।

‘पाउनमात्र माया हैन, गुमाउनु पनि माया हो ।’ निर्देशक भट्टले भने– ‘हामीले त्यही कुरालाई भिडियोमा देखाउन खोजेका हौं ।’ भिडियोको छांयाकन र सम्पादन सन्तोष सुनारले गरेका हुन् । राजेश खत्री तथा भिन्टी सिंहको स्वर रहेको गीतलाई गायक खत्रीले नै संगीत दिएका हुन् । लक्ष्मण सिटौंलाको शब्द रहेको गीतलाई मुम्वईमा रेकर्ड गरीएको हो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: