बजार ह्वात्तै घट्यो सुनको भाउ, यस्तो छ सुनको भाऊ

काठमाडौं, वैशाख १० । साताको तेस्रो दिन मंगलबार नेपाली बजारमा सुनको मूल्य तीन सय रुपैयाँले घटेको छ।

सोमबार छापावाला सुन प्रतितोला ५९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो भने आज ह्वात्तै घटेर सुन प्रतितोला ५९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

त्यस्तै, आइतबार तेजावी सुन ५९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो भने आज घटेर सुन प्रतितोला ५९ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

साथै, मंगलबार बजारमा चाँदीको मूल्यमा कुनै परिवर्तन भएको छैन ।

सोमबार चाँदी प्रतितोला ७ सय ३० रुपैयाँमा कारोबार भएको थियो भने आजपनि चाँदी ७३० रुपैयाँमै कारोबार भइरहेको छ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: