Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

व्यावसायिक बन्दै चौँरी पालन

दोलखा, वैशाख १० । दोलखाको गौरीशङ्कर गाउँपालिकाका किसानले चौंरीपालनलाई व्यावसायिक बनाउँदै लगेका छन् ।

जिल्लाका अन्य भेगमा चौँरीपालन व्यवसाय लोप हुने क्रम बढेको अवस्थामा यहाँका चौँरीपालक किसान भने यसलाई व्यावसायिक रूपमा विस्तार गर्ने क्रममा लागेका हुन् । गौरींकर गाउँपालिका वडा नं. ४, फेदीमा चौँरीपालन गर्दै आउनुभएका छ्योक्पाछिरी शेर्पाले चौंरीपालन व्यवसायबाट अहिले मासिक ३० हजार रुपियाँभन्दा बढी आम्दानी हुने गरेको बताउँछन् ।

१५ वर्षको उमेरदेखि नै चौँरीपालनमा खटिएका उनले हाल करिब १६ लाख रुपियाँ बराबरका २५ वटा उराङ जातका चौँरी पालेका छन् । उनले १५ वटा दुहुना चौँरीबाट दैनिक २५ लिटरसम्म दूध उत्पादन हुने गरेको बताए । उनले चौँरी गाईको दूधबाट विशेष गरी घ्यू, छुर्पी र चिज बनाउने गरेको बताए ।

विकट ठाउँमा सडक र बिजुली नहुँदा दाना पिस्न नै समस्या छ, उनले भने, सधैँ जङ्गलमा गोठ सार्दै चौँरी धपाएर हिँड्दा बालबच्चा पढाउन समेत मुस्किल छ । लामा रौँ, तिखा र बलिया सिङ तथा अत्यधिक चिसो सहन सक्ने क्षमता भएको एउटा चाँैरीको मूल्य ५५ हजारभन्दा बढी पर्ने भएकाले ऋण काढेर चौंरी व्यवसाय गर्दा खासै फाइदा नहुने चाँैरीपालक सुमेली शेर्पाले बताए ।

हिमाली आयोजनाले आठ लाख ६५ हजार बराबरको १५ वटा चौँरी सहयोग गरे पनि उक्त सङ्ख्याका चौँरी पाल्दा खासै आम्दानी नहुने भएकाले ऋण काढेर १५ वटा थपेर ३० वटा पु¥याएको उहाँले जानकारी दिए । उनका अनुसार हाल २० वटाले दैनिक २९ लिटर दूध दिने गरेका छन् ।

गौरीशङ्कर ४, बासाकी सुमेलीले १३ वर्षदेखि चौँरीपालन गर्दै आए पनि सरकारले चौँरीपालन व्यवसायलाई दीर्घकालीन रूपमा व्यवस्थापन गर्ने तरिकाले सहयोग नगरेको आरोप लगाए । चौँरीपालन समुद्र सतहबाट दुई हजार ७०० देखि तीन हजार ५०० मिटर उचाइसम्म हुन सक्छ । गोरखापत्रबाट

कमेन्ट गर्नुहोस्

%d bloggers like this: