श्रीलंका आक्रमणमा डेनमार्कका अर्बपतिले गुमाए तीन सन्तान

काठमाडौं, बैशाख १० । आइतबार श्रीलंकामा भएको शृंखलाबद्ध बम आक्रमणमा एक अर्बपतिले आफ्ना तीन सन्तान गुमाएका छन् ।

डेनमार्कका अर्बपति एन्डर्स होल्क पोभ्सनले बम आक्रमणमा यस्तो वियोग सहनुपरेको अन्तर्राष्ट्रिय मिडियाहरुले जनाएका छन् । ७.९ बिलियन डलर सम्पत्ति भएका फेसन कम्पनी असोससँग आबद्ध पोभ्सन डेनमार्ककै धनी मानिन्छन् ।

फोर्ब्स म्यागजिनका अनुसार स्टल्यान्डमा समेत उनी सबैभन्दा धेरी निजी जमिन भएका धनाढ्य हुन् । उनले त्यहाँ ऐतिहासिक क्षेत्रको खरिद गरेका छन्।

याे पनि पढ्नुस  नेपालले दियो श्रीलंकालाई १९५ रनको विजय लक्ष्य

उनी र उनकी श्रीमती एन्ना स्टोर्म पेडेर्सनको हाइल्यान्डको करिब २ लाख एकड अर्थात् ८० हजार हेक्टर जमिन रहेको छ। आउँदो पुस्ताको लागि संरक्षण गर्ने भन्दै यी दम्पतीले उक्त जमिन किनेको बताइएको छ।

श्रीलंकामा भएको होटल तथा चर्च बम आक्रमणमा २ सय ९० भन्दा धेरै मानिस मरिसकेका छन्। होल्कका सञ्चारनिर्देशक जेस्पर स्टुबकिअरले अर्बपतिका सन्तान गुमेको पुष्टि गरेका छन्। तीन सन्तान गुमेको भनिए पनि उनीहरुको नाम भने सार्वजनिक गरिएको छैन। पोभ्सनका चार सन्तानमध्ये तीन जनाको मृत्यु भएको हो। पोभ्सन फेसन कम्पनी असोसका ठूला सेयरसदस्य पनि हुन् ।

याे पनि पढ्नुस  श्रीलंका बिस्फोटः आत्मघाती हमलाका मुख्य अभियुक्तका बुवा र भाइको पनि मृत्यु

२०१० देखि २०१२ सम्म सेयर किनेका उनको सो कम्पनीमा २६।७ प्रतिशत सेयर रहेको छ। जुन भनेको ८ सय ६६ मिलियन पाउन्ट स्टर्लिङ हो । पोभ्सनले युरोपमा ३ सय २० मिटर अग्लो गगनचुम्बी भवन बनाउने योजना समेत सार्वजनिक गरेका थिए। जुन ग्रामीण जुटल्यान्डको ब्रान्डे टाउनमा पर्छ। त्यहाँ ७ हजार जना मानिसको मात्रै बसोबास रहेको छ ।

याे पनि पढ्नुस  श्रीलंकामा प्रहरी अाइजिपी र पूर्व रक्षा सचिव गिरफ्तार

एजेन्सीहरुको सहयोगमा।

कमेन्ट गर्नुहोस्