माइक्रोबसले ठक्कर दिदाँ स्कुटर चालकको मृत्यु

काठमाडौ, बैशाख १० । पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको दमौलीमा मंगलबार माइक्रोबसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ब्यास नगरपालिका–१० परेवाडाँडाका २३ वर्षीय रमेश शर्मा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पोखराबाट काठमाडौतर्फ जाँदै गरेको ग १ य ४८५ नं को माइक्रोले भित्री सडकखण्डबाट राजमार्गतर्फ आउँदै गरेको ग १३ प ९१८१ नं को स्कुटरलाई ब्यास नगरपालिका–४ शहीदगेट नजिक ठक्कर दिएको थियो ।

ठक्करबाट सख्त घाइते शर्माको उपचारका क्रममा दमौली अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायबउपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए । माइक्रोबस सहित चालक प्रहरीको नियन्त्रणमा रहेको रहेको जनाइएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: