नागढुंगाले ७ लाख बराबरको भन्सार छली कपडा बरामद

काठमाडौं, बैशाख १० । महानगरीय प्रहरी प्रभाग नागढुंगाले भन्सार छली ल्याएको कपडाहरु बरामद गरेको छ ।

चन्द्रागिरी नगरपालिका वडा नं २ नागढुंगा स्थित चेक जाँचको क्रममा बुटवलबाट काठमाडौंतर्फ आउँदै गरेको लु २ ख २०११ नम्बरको बसबाट भन्सार छली ल्याएको कपडाहरु बरामद गरेको हो ।

महानगरीय प्रहरी वृत्त थानकोटका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक कुमारविक्रम थापाले वेवारिसे अवस्थामा उक्त कपडाहरु भन्सार चोरी छलि राजस्व चुहावट गरी ल्याएको हुन सक्ने देखिएकोले कपडा बरामद गरिएको बताए ।

प्रहरी प्रमुख थापाका अनुसार कुर्ता सुरुवाल ३५५ थान, सल ११५ थान, कुर्ता १५ थान, कुर्ता र सल १० सेट टप्स कुर्ता ५६० थान गरि रु ७ लाख २९ हजार बराबरको कपडा रहेको जानकारी दिए । प्रहरीका अनुसार उक्त सामानको धनी भने सम्र्पकमा नआएको प्रहरीले बताएको छ । महानगरीय प्रहरी वृत्त थानकोटले बरामद गरेको समाग्री अनुसन्धान पश्चात आन्तिरिक राजस्व कार्यालय पठाउने तयारी गरिरहेको जनाएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: