पथरीमा स्थानीय प्रदर्शनकारी विरुद्ध प्रहरीको अश्रुग्यास, ३ प्रहरीसहित आधा दर्जन घाइते

काठमाडौं, बैशाख १० । मोरङ जिल्लाको पथरीमा प्रहरीविरुद्ध स्थानीयले प्रदर्शन र विरोध गरेका छन्।

शनिबार मृत अवस्थामा भेटिएकी रिना बस्नेतको हत्या भएको भन्दै दोषीलाई कारबाही माग राख्दै स्थानीय आन्दोलित भएका हुन् । स्थानीयले इलाका प्रहरी कार्यालय पथरीमा नाराजुलुस गर्न थालेपछि प्रहरीले प्रदर्शनकारीविरुद्ध अश्रुग्यास र हवाइफायर गरेको छ।

सो क्रममा तीन प्रहरीसहित आधा दर्जन स्थानीय घाइते भएका छन् । प्रदर्शनकारीहरुमा स्थानीय महिलाहरुको संख्या धेरै रहेको बताइएको छ । बस्नेतको हत्या कि आत्महत्या भन्ने नखुले पनि स्थानीयले भने हत्या भएको दाबी गरेका छन् ।

प्रदर्शनकारीले सडकमा टायर बालेर विरोध गरेका छन् । प्रजर्शनसँगै राजमार्गमा अवरोध भएको छ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: