डडेल्धुरामा बस दुर्घटनामा परि ६ जनाको मृत्यु

डडेल्धुरा, बैशाख ११ । डडेल्धुरामा बस दुर्घटना हुँदा ६ जना मृत्यु भएको छ। भीमदत्त राजमार्गअन्र्तगत जिल्लाको गन्यपाधुरा गाउँपालिका–१ को साहुखर्क नजिकै बुधबार बिहान पौने ५ बजेतिर बस दुर्घटना भएको हो।

६ जनाको घटनास्थलमै मृत्यु भएको डडेल्धुराका प्रहरी नरिक्षक लक्ष्मण खड्काले पुष्टि गरे। धनगढीबाट बझाङका लागि छुटेको बस दुर्घटनामा परेको हो। बस नम्बर खुलेको छैन। प्रहरी घटनास्थल पुगेर घाइतेहरु उद्धार गरिरहेको बताइएको छ। सुदूर खबरबाट लिइएको हो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: