बुधबार फेरि तोलामा कतिले घट्यो सुनको भाऊ ?

काठमाडौं, वैशाख ११ । साताको चौथो दिन बुधबार फेरि नेपाली बजारमा सुनको मूल्य एक सय रुपैयाँले घटेको छ।

मंगलबार छापावाला सुन प्रतितोला ५९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो भने आज फेरि घटेर सुन प्रतितोला ५९ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

त्यस्तै, मंगलबार तेजावी सुन ५९ हजार रुपैयाँमा कारोबार भएको थियो भने आज फेरि घटेर सुन प्रतितोला ५८ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

साथै, बुधबार बजारमा चाँदीको मूल्य दश रुपैयाँले घटेको छ ।

मंगलबार चाँदी प्रतितोला ७ सय ३० रुपैयाँमा कारोबार भएको थियो भने आज घटेर चाँदी ७२० रुपैयाँमै कारोबार भइरहेको छ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: