राष्ट्रपति भण्डारी चीन प्रस्थान

काठमाडौं, वैशाख ११ । राष्ट्रपति विद्यादेवी भण्डारी ९ दिने राजकीय भ्रमणका लागि चीन प्रस्थान गरेकी छन् । राष्ट्रपति भण्डारी बिहान ११ बजे नेपाल एयरलाइन्सको चार्टर्ड उडानबाट चीन प्रस्थान गरेकी परराष्ट्र मन्त्रालयले जनाएको छ । चिनियाँ समकक्षी सी जिनपिङको निमन्त्रणामा राष्ट्रपति भण्डारी त्यसतर्फ प्रस्थान गरेकी हुन् ।

उनले बेइजिङमा हुने बेल्ट एण्ड रोड इनिसिएटिभ बीआरआईको दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनमा सम्बोधन गर्ने कार्यसूची छ । सम्मेलनको घोषणापत्रमा नेपालमार्फत यस क्षेत्रमा गरिने सहकार्यलाई राख्न पहल गरिने जनाइएको छ ।

बीआरआई अभियानमार्फत पूर्वाधार विकास, रेल र सडक सञ्जाल विस्तार, पर्यटन संस्कृति, जनसम्पर्क, आर्थिक सहकार्यको विकासलगायतमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्