एसीसी यू–१६ः नेपालद्वारा मलेसियालाई १४२ रनको लक्ष्य

काठमाडौं, वैशाख ११ । थाईल्यान्डमा भइरहेको एसीसी यू–१६ इस्टन रिजन क्रिकेट प्रतियोगिता अन्तर्गत मलेसिया विरुद्धको खेलमा नेपालले १ सय ४२ रनको लक्ष्य दिएको छ । थाईल्यान्डको प्रेम इन्टरनेशनल स्कुलमा टस जितेर ब्याटिङ गरेको नेपालले ३४.५ ओभरमा अल आउट हुँदै १ सय ४१ रन बनायो ।

नेपालका लागि आईश भट्टराईले सर्वाधिक ३४, दिपक बोहोरा, अर्जुन कुमालले समान १६ रन बनाए । ओपनर कुमाल र बोहोराले पहिलो विकेटको लागि ३७ रनको साझेदारी गर्दै नेपाललाई राम्रो सुरुवात दिलाए ।

१० औं ओभरको अन्तिम बलमा क्याच आउट हुनु अघि बोहोराले २५ बलमा २ चौका प्रहार गरे । त्यस्तै १३ ओभरको अन्तिम बलमा मोहम्मद इमरुल असरार्फले विकेट कीपर वान मोहम्मद आजमबाट स्टम्पिङ आउट गराउनु अघि कुमालले ४७ बलको सामना गर्दै १ चौका प्रहार गरे । कप्तान विशाल बिक्रम केसीले २८ रनको योगदान दिए ।

२३ ओभरको चौथो बलमा सिद्धार्थ कार्तिकले विकेटकीपरवाट स्टम्पिङ आउट गराउनु अघि उनले ३० बलमा २ चौका प्रहार गरे । रोहन दुधराज बिक ८,प्रसान्त महत शुन्य,प्रसान्त सिंह ६ र सुवास ऐर ११ रनमा आउट भए । तिलक राज भण्डारी २ र निखिल कुमार सिंह १२ रनमा आउट भए ।

मलेसियाका लागि सिद्धार्थ कार्तिकले ६ ओभरमा २८ रन खर्चेर ४ विकेट लिए । त्यस्तै लोकमान नुर र सचिनुले समान २ लिए । त्यस्तै मोहम्मद अकमल अलिफ र मोहम्मद इमरुल असर्राफले एक विकेट हात पारे । यस अघि नेपालले पहिलो खेलमा म्यानमारलाई ७ विकेटले पराजित गरेको थियो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: