सभामुख महराको निवास अगाडि आगलागी

काठमाडौं, वैशाख ११ । बालुवाटारस्थित सभामुख कृष्ण बहादुर महराको निवास अगाडि आगलागी भएको छ । बिजुलीको पोलमा तार सर्ट भएर आगलागी भएको हो ।

बुधवार बिहान एक्कासी पोलमा आगो लागेपछि दमकल, स्थानीय र प्रहरीले आगो निभाएका छन् । समयमै आगो नियन्त्रण भएकाले सभामुख महराको निवासमा भने कुनै क्षति नपुगेको प्रहरीले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: