सरकारी विद्यालयका रिक्त दरबन्दीमा करार शिक्षक नियुक्त गर्न निर्देशन

करारमै १० हजार नियुक्त हुन पाउने व्यवस्था

काठमाडौं, वैशाख ११ । शिक्षा मन्त्रालयले स्थानीय सरकारेको अधिकारमा हस्तक्षेप गर्दै करारमा शिक्षक नियुक्त गर्न ७७ वटै जिल्लाका शिक्षा विकास तथा समन्वय इकाइलाई सर्कुलर गरेको छ ।

कान्तिपुर दैनिकमा समाचार छ, शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शुक्रबार सामुदायिक विद्यालयका रिक्त दरबन्दीमा करार शिक्षक नियुक्त गर्न निर्देशन दिएको हो । संविधानले आधारभूत र माध्यमिक शिक्षासम्मको अधिकार स्थानीय तहलाई दिएको छ ।

केन्द्रको सर्कुलरप्रति गाउँपालिका महासंघ र नगरपालिकाका संघले आपत्ति जनाएका छन् । उनीहरूले स्थानीय सरकारको अधिकारमा संघीय मन्त्रालयले हस्तक्षेप गरेको आरोप लगाएका छन् । शिक्षा मन्त्रालयले स्थानीय सरकारको अधिकारमा हस्तक्षेप गरेर इकाइहरूलाई पत्राचार गरेको महासंघका अध्यक्ष होमनारायण श्रेष्ठले टिप्पणी गरे ।

शिक्षा सेवा आयोगले गराएको आन्तरिक प्रतिस्पर्धामा असफल भएका, परीक्षामा सहभागी नभई सेवासुविधा लिएर घर जाने र अनिवार्य अवकाशमा परेर रिक्त भएका दरबन्दीमा शिक्षक नियुक्त गर्न लागेको हो । विद्यालयहरूबाट रिक्त दरबन्दीको विवरण संकलन भइरहेकाले कति संख्यामा शिक्षक आवश्यक छ र करारमा नियुक्त हुन्छन् भन्ने यकिन भइसकेको छैन । शिक्षा मन्त्रालय र केन्द्रका अधिकारीहरूले बढीमा १० हजार शिक्षक करारमा नियुक्त हुने अनुमान गरेका छन्।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: