विप्लव समूहकी नेतृ सुवेदी पक्राउ

भैरहवा, वैशाख ११ । विप्लव समूहको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की जिल्ला स्तरिय नेतृ कल्पना सुबेदीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनलाई मंगलबार राति प्रहरीले नियन्त्रणमा लिएको हो ।

केही महिना अघिदेखि विप्लव नेतृत्वको नेकपालाई सरकारले प्रतिबन्ध लगाई पक्राउ गर्न आदेश दिएको छ । प्रहरीले हालसम्म ३ सय बढी विप्लवका नेता कार्यकर्तालाई पक्राउ गरिसकेको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: