कर्मचारीको रिक्त दरबन्दी पठाउन सबै स्थानीय तहलाई परिपत्र

काठमाडौं, वैशाख ११ । सरकारले देशभरका ७५३ वटै स्थानीय तहमा कर्मचारीको रिक्त दरबन्दीको माग फारम पठाउन परिपत्र जारी गरेको छ । कर्मचारी समायोजनबाट पनि पदपूर्ति हुन नसकेर पद रिक्त रही स्थानीय तहमा सेवाग्राहीले सेवा नपाएको गुनासो बढेको भन्दै रिक्त पदको जानकारी पठाउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधबार परिपत्र जारी गरेको हो।

विगतमा पनि कर्मचारीका लागि मागफाराम भरेर पठाएका स्थानीय तहहरूले पनि यो परिपत्र प्राप्त भएसँगै पुनः माग फाराम भरेर पठाउन पनि पत्रमा भनिएको छ। सरकारले यसअघि संघ, प्रदेश र स्थानीय तहमा कर्मचारीहरूको समायोजन गरेको थियो।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: