आइपीएलः बैंग्लोर र पन्जाव भिड्दै आज, कस्तो छ विगत?

काठमाडौं, वैशाख ११ । इन्डियन प्रिमियर लिग (आइपीएल) मा आज रोयल च्यालेन्जर्स बैंग्लोर र किंग्स इलाभेन पन्जाव भिड्दै छन् । यी दुई टिमबीचको खेल नेपाली समयअनुसार साँझ ८ः१५ बजेदेखि बैंग्लोरमा शुरु हुँदै छ ।

अंक तालिकामा पन्जाव १० खेलमा ५ मा हार र ५ खेलमा जीत निकाल्दै १० अंक बटुलेर पाँचौ स्थानमा छ । विराट कोहली नेतृत्वको बैंग्लोर भने १० खेल खेल्दा ७ मा हार र ३ खेलमा मात्र जीत दर्ता गर्दै ६ अंकका साथ तालिकाको पुछारमा छ ।

हालसम्म बैंग्लोर—पन्जावबीच हालसम्म आइपीएलमा २३ पटक प्रतिस्पर्धा भएको छ । जसमा १२ खेलमा बैंग्लोर र ११ खेलमा पन्जावले जीत निकाल्न सफल भएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: