सुपरस्टार सलमान खानका यी १० फिल्म किन रिलिज भएनन् ?

मुम्बई, बैशाख ११ । सलमान खान आजकाल कट्रिना कैफसँगको नयाँ बलिउड चलचित्र भारतका लागि चर्चामा छन् । आज हामी तपाईंलाई बक्स अफिसका ‘सुल्तान’ र बलिउडका ‘दबंग’ सलमान खानका यस्ता १० फिल्मबारे जानकारी दिँदै छौं जुन कहिले रिलिज भएनन् ।

ए मेरे दोस्तः

सलमान खान आफ्ना भाइ अरबाज खानसँग ठूलो पर्दामा पहिलो पटक सन् १९९८ मा रिलिज भएको फिल्म ‘प्यार किया तो डरना क्या’ मा देखिएका थिए । तर यी दुईको जोडी यो फिल्म अघि ‘ए मेरे दोस्त’ नामको एक फिल्ममा नै देखिने तयारीमा थियो । फिल्ममा सलमान–अरबाजबाहेक करिष्मा कपुर र दिव्या भारती मुख्य भूमिकामा थिए । फिल्मको गीतसमेत रेकर्ड भइसकेको थियो । फिल्मको काम अघि बढिरहेका बेला दिव्या भारतीको अचानक मृत्यु भयो र फिल्मको काम त्यहाँ नै रोकियो । यद्यपी, ए मेरे दोस्तका लागि जुन गीत रेकर्ड भयो त्यो सलमानको फिल्म ‘मंझधार’को हिस्सा बन्यो ।

रामः

अरबाजमात्रै होइन सलमानका कान्छा भाइ सोहेल खानले पनि सलमान खानसँग एक निर्देशकको रुपमा ‘प्यार किया तो डराना क्या’ र ‘हेलो ब्रदर’ जस्ता सफल फिल्म दिएका छन् । तर निकै कमलाई थाहा छ कि सोहेल आफ्ना दाइ सलमान खानसँग अर्को फिल्म पनि निर्माण गर्ने तयारीमा थिए – राम । यो फिल्मका लागि अनिल कपुर र पूजा भट्टलाई साइन पनि गरिएको थियो । केही रचनात्मक त्रुटीका कारण यो फिल्म बन्न रोकियो । तर पछि फिल्म बनाउने विचार नै त्याग्नुपर्यो । जबकी फिल्मको काम सुरु भइसकेको थियो ।

दसः

सलमान खान र संजय दत्तको फिल्म दस पनि सलमानको करियरको एउटा यस्तो फिल्म हो जुन कहिले पनि बन्न सकेन । यो फिल्मको गीत ‘सुनो गौर से दुनियाँ वालों।।।’ तपाईंले पक्कै सन्नुभएको होला । निर्देशक मुकुल एस आनन्दको अचानक निधनले यो फिल्म पूरा हुन सकेन । फिल्मको गीत सन् १९९९ मा रिलिज गरिएको थियो ।

राजू, राजा, रामः

डेविड धवनले सलमान खानसँग मिलेर ‘जुडवा’ जस्ता ब्लकबस्ट फिल्म दिएका छन् । डेविड धवन गोबिन्दा, सलमान र ज्याकी श्रोफसहितको ‘राजू, राजा, राम’ बनाउन चाहन्थे । तर यी स्टारकास्टको फिल्मले कुनै निर्माता पाएन र डेविडले आफ्नो योजना रोक्नुपर्यो । त्यसपछि न उनले सलमानसँग मिलेर ‘जुडवा’ बनाए ।

आँखा मिचोलीः

‘जुडवा’ मा सलमानको दोहोरो भूमिका थियो र यो फिल्म निकै चल्यो । जुडवाको सफलतापछि अनिज बज्मी सलमानसँग मिलेर ‘आँख मिचोली’ बनाउन चाहन्थे । तर सलमान त्यतिबेला निकै व्यस्त थिए र जुड्जापछि उनी पुनः दोहोरो भूमिकामा गर्न चाहन्नथे । त्यसकारण यो फिल्मको योजना पनि योजनामै सिमित भयो । पछि अनिज बज्मीले सलमानसँग ‘नो इन्ट्रि’ फिल्म बनाए ।

बुलन्दः

सलमान खानको अर्को रिलिज नभएको फिल्म थियो– बुलन्द । यो फिल्ममा सलमानसँग सोमी अली मुख्य भूमिका निभाइरहेकी थिइन् । त्यतिबेला सलमान–सोमी अलीको अफेयरको चर्चा पनि निकै हुने गर्दथ्यो । तर कुनै अज्ञात कारणसहित यो फिल्मको काम रोकियो । आधा बढी सुटिङ भएपछि पनि फिल्ममा निकै पैसा लाग्ने भएकाले अन्ततः फिल्म पूरा हुन पाएन ।

चोरी मेरा नामः

‘चोरी मेरा नाम’ यो अचम्मको नाममा पनि सलमान एउटा फिल्म बनाउने तयारीमा थिए । जसमा सुनिल शेट्टी, शिल्पा शेट्टी, काजोलजस्ता स्टार थिए । यो फिल्म पनि कुनै कारणले बन्न सकेन । फिल्मका लागि सलमान र सुनिल शेट्टीबीच छायांकन गरिएको एउटा स्टन्ट सीन पछि एउटा ‘कोल्डड्रि««ङ्क्स’ को विज्ञापनको हिस्सा बन्यो ।

जलवाः

निर्देशक केतन धवनले फिल्म जलवाका लागि सलमान खानबाहेक संजय दत्त र अरमान कोहलीलाई हस्ताक्षर गराएका थिए । तर उनले उक्त फिल्म बनाउने योजना थाती राखेर नयाँ स्टारकास्टसँग एक पारिवारिक फिल्म बनाउन जुटे ।

सागर से गहरा प्यारः

रबिना टन्डनसँग सलमान खानको फिल्म ‘सागर से गहरा प्यार’ पनि रिलिज हुन लागेको थियो । तर यो फिल्मको घोषणा मात्र हुन सक्यो, कहिले बन्न सकेन ।

ह्यान्डसमः

सलमान खानले अभिनय गर्ने भनेको ‘ह्यान्डसम’ फिल्म पनि घोषणा मात्रै भयो । यो फिल्ममा सलमानसँग संगीता बिजलानी र नगमालाई हस्ताक्षर गराइएको थियो । एजेन्सी

कमेन्ट गर्नुहोस्

%d bloggers like this: