केही वर्षभित्र सबै नेपालीका छोराछोरी सामुदायिक विद्यालयमै केन्द्रित हुनेछन्ः प्रचण्ड

काठमाडौं, वैशाख ११ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले पछिल्ला वर्षमा सामुदायिक विद्यालयमा सुधारको सङ्केत देखिन थालेको बताएका छन् ।

ललितपुरको महालक्ष्मी नगरपालिका–६ स्थित सिद्धिमङ्गल माध्यमिक विद्यालयको नवनिर्मित भवनको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । अध्यक्ष प्रचण्डले पहिले निजी विद्यालयमा भन्दा सामुदायिकमा भौतिक पूर्वाधार, शैक्षिक गुणस्तर र अनुशासनमा कमजोर भए पनि अहिले ती पक्षमा सुधार भएर निजीसँग प्रतिस्पर्धा गर्न सक्ने भएको प्रष्ट पारे ।

याे पनि पढ्नुस  विद्यार्थीलाई विद्यालयमा निरन्तरता दिन प्रोत्साहनस्वरुप दिवा खाजा

लामो समयदेखि नेपालको शिक्षा बेरोजगार उत्पादन गर्ने खालको भए पनि अहिले रोजगारी सिर्जना गर्ने शिक्षालाई सरकारले प्राथमिकता दिएको पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डको भनाइ थियो । उनले भने, ‘सामुदायिक विद्यालयहरु यसरी नै सुधार हुँदै जाने हो भने केही वर्षभित्र सबै नेपालीका छोराछोरी सामुदायिकमै केन्द्रित हुनेछन् ।’

याे पनि पढ्नुस  कसैको माग र जिद्धीका अगाडि सरकार झुक्दैनः प्रचण्ड

यस्तै, अध्यक्ष प्रचण्डले छिट्टै पार्टीको केन्द्र र जिल्ला कमिटीको अधिवेशन हुने बताए । उनले नेकपाले हालै जिल्ला अध्यक्ष र सचिवको टुङ्गो लगाएकाले चाँडै कमिटी पूर्ण हुने बताए । यस वर्ष पार्टीको सङ्गठन सुदृढीकरण र शुद्धीकरणको हिसाबले महत्वपूर्ण काम हुने उनले बताए ।

याे पनि पढ्नुस  हिसानका अध्यक्ष भन्छन्, ‘सक्ने आफैं पढ्छन्, नसक्नेको जिम्मा राज्यले लिनुपर्छ’

पूर्वप्रधानमन्त्री प्रचण्डले सरकार गठन भएको पहिलो एक वर्षमा कानून निर्माण, छिमेकी मुलुकसँगको सन्तुलित सम्बन्ध र भौतिक पूर्वाधार निर्माणको शुरुआतको हिसाबले महत्वपूर्ण भएको र सकारात्मक कामको शुरुआत भएको बताउँदै भने, ‘हामीले निर्वाचनको समयमा गरेको सङ्कल्पअनुसार नै विकासको काम शुरु भएको छ र त्यसरी नै अघि बढ्नेछ ।’

कमेन्ट गर्नुहोस्