आइपीएलः पन्जावले टस जित्यो, विराटको टिमलाई ब्याटिङकाे मौका

काठमाडौं, वैशाख ११ । इन्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंग्लोर विरुद्धको खेलमा किंग्स इलाभेन पन्जावले टस जितेर बलिङ रोजेको छ ।

बैंग्लोरमा भइरहेको यी दई टिमबीचको खेल नेपाली समयअनुसार राति ८ः१५ बजेदेखि शुरु हुँदैछ । पन्जाव अंक तालिकामा १० म्याचमा ५ खेलमा हार र ५ खेलमा जीत निकाल्दै पाँचौ स्थानमा रहँदा बैंग्लोर भने तालिकाको पुछारमा छ ।

उसले १० खेल खेल्दा ७ मा हार र ३ खेलमा मात्र जीत हासिल गर्न सफल भएको छ । बैंग्लोरको नेतृत्व विराट कोहलीले गरिरहेका छन् । यता, पन्जावमा रविचन्द्रन आश्विन कप्तान छन् ।

कमेन्ट गर्नुहोस्