आइपीएलः पन्जाबविरुद्ध डीविलियर्सको अर्धशतक पूरा

काठमाडौं, वैशाख ११ । इन्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत किंग्स इलाभेन पन्जावविरुद्ध रोयल च्यालेन्जर्स बैंग्लोरका एबी डी विलियर्सले अर्धशतक प्रहार गरेका छन् । उनले पन्जावविरुद्ध ३५ बलमा अर्धशतक प्रहार गरेका हुन् । यसक्रममा डी विलियर्सले २ छक्का र ३ चौका प्रहार गरे ।

आज बैंग्लारले टस हारेर ब्याटिङको निम्तो पाएको छ । पन्जाव लिगको अंक तालिकामा १० म्याचमा ५ खेलमा हार र ५ खेलमा जीत निकाल्दै पाँचौ स्थानमा रहँदा बैंग्लोर भने तालिकाको पुछारमा छ । उसले १० खेल खेल्दा ७ मा हार र ३ खेलमा मात्र जीत हासिल गर्न सफल भएको छ । बैंग्लोरको नेतृत्व विराट कोहली गरिरहेका छन् । यता, पन्जावमा रविचन्द्रन आश्विन कप्तान छन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: