आइपीएलः विराटको बैंग्लोरले दियो पन्जाबलाई २०३ रनको लक्ष्य

काठमाडौं, वैशाख ११ । इन्डियन प्रिमियर लिग (आइपीएल) मा एबी डी विलियर्सको उत्कृष्ट प्रदर्शनमा किंग्स इलाभेन पन्जावविरुद्ध रोयल च्यालेन्जर्स बैंग्लोरले २०३ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर ब्याटिङको मौका पाएको बैंग्लोरले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २०२ रन बनायो ।

उसका लागि डी विलियर्सले उत्कृष्ट प्रदर्शन गरे । उनले नटआउट ४४ बलमा ८२ रन बनाए । डी विलियर्सले त्यसक्रममा ७ छक्का र ३ चौका प्रहार गरे ।

यस्तै, मार्कस स्टोनिइसले नटआउट ३ छक्का र २ चौकाको मद्दतमा ४६ रन बनाए । बैंग्लोरका लागि आज पार्थिव पटेलले २४ बलमा ४६, कप्तान विराट कोहलीलले १३, मोइन अलिले ४ र अक्षदीप नाथले ३ रन बनाए । बलिङमा पन्जाबका मोहम्मद सामी, मोर्गन आश्विन, हार्दुस भिल्जोइन र रविचन्द्रन आश्विानले एकएक विकेट लिए ।

पन्जाव लिगको अंक तालिकामा १० म्याचमा ५ खेलमा हार र ५ खेलमा जीत निकाल्दै पाँचौ स्थानमा रहँदा बैंग्लोर भने तालिकाको पुछारमा छ ।

उसले १० खेल खेल्दा ७ मा हार र ३ खेलमा मात्र जीत हासिल गर्न सफल भएको छ । बैंग्लोरको नेतृत्व विराट कोहली गरिरहेका छन् । यता, पन्जावमा रविचन्द्रन आश्विन कप्तान छन् ।

कमेन्ट गर्नुहोस्